आइतबार, वैशाख २३, २०८१

नेक्स्ट मोडल्स नेपालका रवि र यतना विवाह बन्धनमा

नेपालखोज २०७८ वैशाख १६ गते १६:५१


काठमाडौं । नेपालकै सर्वाधिक चर्चित एवं सफल मोडलिङ एजेन्सी तथा इभेन्ट म्यानेजमेन्ट कम्पनीका रुपमा स्थापित भएकाे नेक्स्ट मोडल्स नेपालका सिईओ रवि धमला तथा एमडी यतना पाण्डे वैवाहिक जीवनमा प्रवेश गरेका छन् ।

आफ्नो आधा दर्जन वर्ष भन्दा लामो प्रेम सम्बन्धलाई रवि र यतनाले सफलता पूर्वक वैवाहिक जीवनमा परिवर्तन गरेका हुन् । गत वैशाख ११ गते पुल्चोक स्थित होटल हिमालयमा आयोजना गरिएको वैवाहिक समारोहमा रवि र यतनावीच हिन्दु परंपरा अनुसार विवाह सम्पन्न भएको थियो ।

नेक्स्ट मोडल्स नेपालको स्थापना संगै व्यक्तिगत मात्र नभई व्यवसायिक जीवनमा पनि साझेदारी गर्दै अगाडि बढेको रवि र यतनाको जोडीले नेक्स्ट मोडल्स नेपालको ब्यानरमा नेपालकै सर्वाधिक लोकप्रिय र स्तरीय मानिएको मोडल प्रतियोगिता मोडल हन्ट नेपाल र नर्सिङमा पेशामा समर्पित सौन्दर्य प्रतियोगिता मिस नेपाल पिसको सफलता पूर्वक आयोजन गर्दै आएका छन् ।

प्रतिक्रिया