शुक्रबार, जेठ ४, २०८१

आईपिएलमा आज पञ्जाब किंग्स र रोयल चैलेंजर्स बैंगलोर भिड्ने

नेपालखोज २०७८ वैशाख १७ गते ११:०९

काठमाडाैं । इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत आज हुने खेलमा पञ्जाब किंग्स र  रोयल चैलेंजर्स बैंगलोर भिड्दै छन् ।खेल नेपाली समय अनुसार साझ ७ः४५ बजे बाट सुरु हुने जनाइएकाे छ ।

त्यसैगरी हिजाे भएकाे खेलमा इन्डियन प्रिमियर लिग (आईपिएल)मा दिल्ली क्यापिटल्सले  जित हासिल गरेको छ । बिहीबार भएको दोस्रो खेलमा दिल्लीले कोलकाता नाइट राइडर्स लाई ७ विकेटले पराजित गरेको छ ।  जितसँगै दिल्ली क्यापिटल्स अंक तालिकाको दोस्रो नम्बरमा पुगेको छ भने कोलकाता पाँचौं नम्बरमा छ ।

अहमदावादमा भएको खेलमा दिल्लीका पृथ्वी शाले जारी सिजनमा ‘फास्ट फिप्टी’ को कीर्तिमान बनाए । उनले १८ बलमा अर्धशतक बनाउँदै जारी सिजनमा सर्वाधिक छिटो अर्धशतकको कीर्तिमान बनाएका हुन् । यस्तै दिल्लीका अर्का ब्याट्सम्यान शिखर धवनले आइपिएलमा ५ हजार ५ सय रन पूरा गरेका छन् । उनी आइपिएलमा सर्वाधिक रन बनाउने ब्याट्सम्यानको दोस्रो नम्बरमा पुगेका हुन् ।

प्रतिक्रिया