आइतबार, वैशाख २३, २०८१

कोरोना जित्न सहयोग गर्ने सबैलाई मदनकृष्णले दिए धन्यवाद

नेपालखोज २०७८ वैशाख १९ गते १२:०८

काठमाडाैं । कलाकार मदनकृष्ण श्रेष्ठले कोरोनामुक्त भएपछि कोरोना जित्न सहयोग गर्ने सबैलाई धन्यवाद दिएका छन् । काेराेनामुक्त हुँदै कलाकार मदनकृष्ण घर फर्किएका हुन् । उनी ८ दिनसम्म अस्पतालमा उपचाररत थिए । उपचार सकिएर घर फर्किएका उनले सबैकाे सहयाेगका कारण तग्रिन सकेको बताएका छन् । उनले यो समयमा राजनीतिक भावना बोकेर कसैले कसैको नराम्रो सोच्न नहुने र सबैले सबैको राम्रो सोच्नुपर्ने पनि बताएका छन् ।

साथै कलाकार मदनकृष्णले उपचारमा सहयाेग गर्ने डाक्टर नर्स अस्पतालका सहयाेगीहरूप्रति कृतज्ञता व्यक्त गरेका छन् ।

त्यसैगरी परिवारका ५ जना सदस्यमा कोरोना पुष्टि हुँदा तातो पानी तताएर पनि खान नसक्ने अवस्था रहेकोमा उनले छिमेकीहरुको सहयोग राम्राे रहेकाे पनि बताए ।

यो पटकको कोरोनाले मानिसको शक्ति नै कमजोर बनाएको पनि उनले बताए ।

प्रतिक्रिया