बिहीबार, चैत १५, २०८०

युनाइटेड इन्स्योरेन्स कम्पनीमा पहिलो महिला प्रमुख कार्यकारी अधिकृत नियुक्त

नेपालखोज २०७८ वैशाख १९ गते १८:१०


काठमाडौं । युनाइटेड इन्स्योरेन्स कम्पनी (नेपाल) लि.को प्रमुख कार्यकारी अधिकृत पदमा आगामी चार वर्षका लागि उपासना पौैडेललाई नियुक्त गरिएको छ ।

उनको नियुक्तिसंगै उनी बीमा क्षेत्रको प्रथम महिला प्रमुख कार्यकारी अधिकृत भएकी छन भने अर्कोतर्फ हाल सम्मकै कम उमेर अर्थात ३४ वर्षको उमेरमा उक्त पदमा बहाल हुन सफल भएकी छन् ।

विगत एक दशकभन्दा बढि कार्यानुभव भएको तथा छिमेकी मुलुक भारतको दिल्ली विश्वविद्यालयको फयाकल्टी अफ म्यानेजमेन्ट स्टडीज (एफएमएस) बाट एमबिएसम्मको अध्ययन पुरा गरेकी उनी भारतमा नै बीमा व्यवसयाको क्षेत्रमा प्रवेश गरेकी हुन ।

उनी यूनाइटेड इन्स्योरेन्स कम्पनी(नेपाल) लि. मा निमित्त प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्य गर्दै आएकी थिइन । उनको कार्यसम्पादनप्रति सन्तुष्ट कम्पनीले उनलाई प्रम्ख कार्यकारी अधिकृत पदमा नियुक्त गरेको हो ।

उनकोे आगमन संगै कम्पनी निरन्तर अगाडि बढिरहेको अवस्थामा उनको प्रमुख कार्यकारी अधिकृतकोरुपमा नियुक्तीसंगै थप उचाईमा पुग्ने बिश्वास कम्पनीले लिएको छ ।

प्रतिक्रिया