शनिबार, वैशाख ८, २०८१

दुुई अर्ब १० करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्दै राष्ट्र बैंक

नेपालखोज २०७८ वैशाख १९ गते १८:३६


काठमाडौं । नेपाल राष्ट्र बैंकले भोलि सोमबार दुई अर्ब १० करोड रुपैयाँको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । भोलि अपरान्ह तीन बजेसम्म उक्त परिमाणमा ट्रेजरी बिल बिक्री गर्न लागिएको राष्ट्र बैंकले जानकारी दिएको छ ।

जारी मिति बैशाख २१ गते तोकिएको ट्रेजरी बिल खरिदका लागि वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुले भाग लिन पाउने छन् । बिक्री गरिने कुुल ट्रेजरी मध्येमा ९१ दिने अवधिको १० करोड र तीन सय ६४ दिने अवधिको दुुई अर्ब रुपैयाँको रहेको छ ।

सो मध्ये ९१ दिने ट्रेजरीको परिपक्व हुुने अवधि २०७८ साउन १९ गते र तीन सय ६४ दिने ट्रेजरी बिल परिपक्व हुुने अवधि बिसं २०७९ बैशाख २० गते तोकिएको राष्ट्र बैंकले जानकारी दिएको छ । यसअघि यही बैशाख १३ गते पनि राष्ट्र बैंकले आठ अर्ब ६० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गरेको थियो ।

प्रतिक्रिया