शुक्रबार, वैशाख ७, २०८१

सिद्धार्थ बैंकको नयाँ वेबसाइट सञ्‍चालनमा

नेपालखोज २०७८ वैशाख २० गते १३:२५


काठमाडौं । सिद्धार्थ बैंकले बैंकको नयाँ आधिकारिक वेबसाइट संचालनमा ल्याएको छ । आफ्नो वेबसाइटलाई परिष्किृत र परिमार्जन गरि अझ बढी ग्राहकमैत्री बनाई आम ग्र्राहकहरुलाई सजिलै डिजिटल माध्यमबाट बैंकको सेवा, सुविधा तथा सूचनाहरुको बारेमा जानकारी प्रदान गर्न र प्रयोगकर्ताहरुको सन्तुष्टि बढाउने उदेश्यले नयाँ वेबसाईट संचालनमा ल्याएकोे हो ।

आधुनिक र नविनतम प्रविधीप्रयोग गरेर बनाइएको नयाँ वेबसाइट सबै किसिमका ब्राउजरमा सहजै रुपमा मोबाइल एवं कम्प्युटरबाट कुशलतापूर्वक चलाउन मिल्ने गरि विकास गरिएको छ भने ग्राहकहरुको कुनै पनि गुनासो तथा बिषयहरुलाई सहज ढङ्गले सम्बोधन गर्न चाट, हेल्प डेक्स, क्वीक डाईल जस्ता एप्लिकेशनहरु राखिएकाछन् ।

त्यस्तै बैंकले नयाँ वेबसाइटको सुरुवात सगैं नागरिक एपसंगको सहकार्यमा बैंकको वेबसाइटबाट नागरिक एपमार्फत अनलाईन खाता खोल्न सकिने सुविधा समेत सुरुवात गरेको छ । आगामी दिनहरुमा अझ सहज विद्युतीय बैंकिङ्ग सेवा तथा सुविधाहरु प्रदान गर्दे जाने विषयमा बैंक प्रतिबद्ध रहेको छ ।

प्रतिक्रिया