शुक्रबार, वैशाख १४, २०८१

लघुुवित्तहरुले असार मसान्तको वित्तीय विवरण एनएफआरएस अनुसार तयार गर्नुुपर्ने

नेपालखोज २०७८ वैशाख २० गते १३:५१


काठमाडौं । लघुुवित्त वित्तीय संस्थाहरुले यही असार मसान्तको वित्तीय विवरण नेपाल वित्तीय प्रतिवेदन (एनएफआरएस) प्रणाली अनुसार तयार गर्नुपर्ने भएको छ ।

आज सोमबार नेपाल राष्ट्र बैंकले लघुुवित्त वित्तीय संस्थाहरुको नाउँमा परिपत्र जारी गर्दे उक्त व्यवस्था कार्यान्वयमा ल्याउन निर्देशन दिएको हो ।

लघुुवित्त वित्तीय संस्थाहरुलाई जारी गरिएको एकीकृत निर्देशन २०७७ को निर्देशन नं ४ को बुुंदा नं १ को (ग) मा थोक थोक कर्जा कारोवार गर्ने र सर्वसाधारणबाट निक्षेप संकलन गर्ने लघुवित्त वित्तीय संस्थाहरुले २०७८ असार मसान्तको बित्तीय बिवरण नेपाल वित्तीय प्रतिवेदनमान (एनएफआरएस) अनुसार समेत समानान्तररुपमा तयार गर्नुुपर्ने व्यवस्था रहेको छ ।

सोको प्रयोजनको लागि ढाँचा तयार गरेको र त्यही बमोजिम वित्तीय विवरण तयार पार्न राष्ट्र बैंकले परिपत्र मार्फत निर्देशन दिएको हो ।

प्रतिक्रिया