बिहीबार, वैशाख २०, २०८१

थिसरा परेराले लिए अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास

नेपालखोज २०७८ वैशाख २० गते १७:२२

काठमाडाैं । श्रीलंकाको क्रिकेट टिमका पूर्व कप्तान थिसरा परेराले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिने घोषणा गरेका छन् । ३२ वर्षीय अलराउन्डर परेराले सोमबार सन्यासको घोषणा गरेका हुन् । परेराले श्रीलंकाका लागि ६ टेस्ट, १६६ एकदिवसीय र ८४ टि-२० अन्तर्राष्ट्रिय खेल खेलेका छन् । उनले एकदिवसीय र टि-२० का केही खेलमा कप्तानी पनि गरेका थिए । 

परेराले पहिलो टेस्ट सन् २०११ मा इङ्ल्यान्ड र अन्तिम टेस्ट सन् २०१२ मा पाकिस्तानविरुद्ध खेलेका थिए । टेस्टमा उनले २०३ रन बनाउनुका साथै ११ विकेट हात पारेका छन् ।  परेराले पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय सन् २००९ मा भारतविरुद्ध र अन्तिम एकदिवसीय यही वर्षको मार्चमा वेस्ट इन्डिजविरुद्ध खेलेका थिए । एकदिवसीयमा २ हजार ३३८ रन प्रहार गरेका परेराले १७५ विकेट पनि लिएका छन् ।

परेराले पहिलो टि-२० अन्तर्राष्ट्रिय सन् २०१० मा जिम्बावे र अन्तिम एकदिवसीय यही वर्षको मार्चमा वेस्ट इन्डिजविरुद्ध खेलेका थिए । उनले टि-२० मा १ हजार २०४ रन प्रहार गर्नुका साथै उनले ५१ विकेट पनि लिएका छन् ।

प्रतिक्रिया