आइतबार, जेठ ६, २०८१

कोरोना संक्रमणबाट ३७ जनाको मृत्यु, ७ हजार ४४८ संक्रमित थपिए

नेपालखोज २०७८ वैशाख २० गते १७:३९

काठमाडाैं । पछिल्लो चौबीस घण्टामा नेपालमा कोरोना संक्रमणबाट ३७ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार चौबीस घण्टामा ३७ कोरोना संक्रमितले ज्यान गुमाएका हुन् ।

त्यस्तै सोही अवधीमा ७ हजार ४४८ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १६ हजार ६५८ पीसीआर परीक्षणमा सात हजार ३८८ जना र ५१८ एन्टिजेन परीक्षणमा ६० जना गरी सात हजार ४४८ जनामा संक्रमण पुष्टि भएको हो । त्यस्तै पछिल्लो चौबीस घण्टामा संक्रमणमुक्त हुनेको संख्या २ हजार २१ रहेको छ ।

त्यस्तै पछिल्लो चाैबीस घण्टामा काठमाडौं उपत्यकामा ३ हजार ६६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा २ हजार ९ सय २२ जना, भक्तपुरमा २ सय २२ जना र ललितपुरमा ५ सय २२ जना कोरोना संक्रमित भेटिएका हुन् । देशभर थप ७ हजार ४४८जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ ।

प्रतिक्रिया