आइतबार, जेठ ६, २०८१

‘घरमै बस्नू सरकारले माखाे मार्दैन’

नेपालखोज २०७८ वैशाख २० गते १८:५६

काठमाडौं । सामाजिक सञ्जालमा फेसबुकमा एक फोटो भाइरल भइरहेको छ । जसमा कोरोना नियन्त्रणको लागि सरकारले केही गर्न नसक्ने कारण घरमा नै बस्न आग्रह गरिएको छ । सो तस्विरमा एक नर्स हातमा एउटा फ्लेक्स लिएर उभिएकी छन् ।

जसमा सरकारले माखो पनि मार्न नसक्ने कारण घरमा नै बसेर स्वस्थ रहन आग्रह गरिएको छ । हुन पनि विश्वव्यापीरुपमा फैलिएको कोरोनाले विश्वभरका सरकारहरुलाई नालायक सिद्ध गरिदिएको छ । घरमा नै थुनिएर बस्नु नै आजको आवश्यकता रहेको सो परिचारिकाले जारी गरेको तस्विरको सार रहेको छ ।

साे फाेटाेमा सरकारले त सांसद अपहरण मात्र गर्न सक्नेसमेत बताइएकाे छ । गतवर्ष पनि लकडाउनका समय सांसद अपहरण परेका थिए । याे साल पनि प्रदेशकाे सरकार बचाउन त्यस्तै घिनलाग्दाे खेल खेलिएकाे समाचार बाहिर निस्किएकाे छ ।

प्रतिक्रिया