बुधबार, जेठ २, २०८१

नेपाली कांग्रेस नुवाकोट पार्टी कार्यालयलाई अस्थायी अस्पताल बनाउन दिइने

नेपालखोज २०७८ वैशाख २० गते १९:२९

काठमाडौं । नेपाली कांग्रेस नुवाकोटले पार्टी कार्यालयलाई कोभिड अस्थायी अस्पतालको रुपमा प्रयोग गर्न उपलब्ध गराउने निर्णय गरेको छ ।कोरोना संक्रमितको संख्या बढ्दै गएपछि अस्पतालहरु भरिन थालेको अवस्थामा नेपाली कांग्रेस नुवाकोटले १२० शय्याको अस्पताल सञ्चालन गर्न मिल्ने पार्टी कार्यालय उपलब्ध गराउने निर्णय गरेको हो ।

विदुरस्थित पार्टी कार्यालय भवनलाई अस्थायी कोभिड अस्पतालको रुपमा प्रयोग गर्न जिल्ला कोभिड रोकथाम तथा नियन्त्रण केन्द्रलाई आग्रह गरेको नुवाकोट कांग्रेसको सभापति जगदिश्वरनरसिंह केसीले नेपालखाेजलाई फाेनमार्फत् जानकारी दिए ।कोरोनाका बिरामी बढ्दै गएपछि आगामी दिनमा थप जटिलता बढ्ने संकेत देखिएको र भोलिका दिनमा अस्पताल अभावको कारण संक्रमितलाई समस्या नहोस् भनेर उक्त निर्णय गरेको सभापति केसीले बताए ।

यसअघि कोरोनाको पहिलो लहरमा पनि नेपाली कांग्रेस नुवाकोटले पार्टी कार्यालयलाई आइसोलेसन सेन्टरको रुपमा प्रयोग गर्न उपलब्ध गराएको थियो । कोरोना महामारीको अवस्थामा हरेक नागरिकको जीवन रक्षाका लागि नेपाली कांग्रेस नुवाकोट प्रतिवद्ध रहेको नेता केसीले बताए ।

प्रतिक्रिया