बिहीबार, चैत १५, २०८०

जम्मू-कश्मीरका पूर्व राज्यपाल जगमोहनको निधन

नेपालखोज २०७८ वैशाख २१ गते १०:०२

काठमाडौं । अविभाजित जम्मूू मश्मीरका पूर्व गभर्नर जगमोहन मलहोत्राको निधन भएको छ । सोमबार राति उनको निधन भएको सुचना परिवारले सामाजिक सञ्जाल ट्वीटरमार्फत दिएको खबर बीबीसी हिन्दीले लेखेको छ ।

यसैबीच, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उनको निधनप्रति दु:ख व्यक्त गर्दै देशले ठूुलो क्षति व्यहोरेको बताएका छन् । मोदीले ट्वीट गरेका छन् ‘उनी एक महान प्रशासक र प्रख्यात विद्धान थिए, उनले सधैँ भारतको लागि काम गरे, उनले मन्त्री रहँदा नयाँ नीति बनाए ।’

जगमोहन सन् १९२७ मा हाफिजाबाद (अहिलेको पाकिस्तानमा रहेको ठाउँ) मा जन्मेका थिए ।

प्रतिक्रिया