शुक्रबार, वैशाख १४, २०८१

मानवीयतालाई नै गिज्याउने एक तस्बिर, जसमा चीनले उडायाे भारतकाे मजाक

नेपालखोज २०७८ वैशाख २१ गते ११:३७

काठमाडाैं । अहिले चीनको सत्ताधारी कम्युनिस्ट पार्टीको एक सामाजिक सञ्जाल एकाउंटमा राखिएको एक पोष्ट चर्चाको शीखरमा छ । जसमा भारतको कोरोना संकटलाई मजाक उडाइएको छ । धैरै आलोचना र विवाद भएपछि हाल सो तस्बिरलाई सामाजिक सञ्जालबाट हटाइएको छ । चीनका कम्युनिष्ट पार्टीले भारतमा भइरहेको कोरोनाको संकटलाई मानवीयता पनि भुलेर मजाकको रुपमा प्रस्तुत गरेपछि सोको चौतर्फी आलोचना भएको थियो ।

सामाजिक सञ्जालको साइट वीबोमा यस्तो तस्बिर राखिएको थियो । जसमा भारत कोरोनाले थला परेको र चीनले रकेट उडाइरहेको देखाइएको थियो । भारतमा कोरोनाका कारण चितामा राखिएका मृतकको लाश र चीनमा उडिरहेको रकेट सो तस्बिरमा देख्न सकिन्छ । जसले मानवीयतालाई नै गिज्याएको थियो ।


तस्बिरको क्याप्सनमा लेखिएको थियो भारतमा लगाइएको आगो र चीनमा लगाइएको आगो । चीनले अप्रिलमा स्पेशको यात्राको लागि आफ्नो स्थायी स्टेशन बनाउनको लागि एक महत्वपूर्ण कदमको रुपमा अघि बढाएको छ । यसको तयारीलाई चीनको कम्युनिष्ट पार्टीले खुशी मनाउँदै भारतलाई फोटोमार्फत् प्रहार गरेको हो ।

यो पोष्ट केही समय राखियो र यसको आलोचना हुन थालेपछि हटाइएको थियो । जसको स्क्रीन सट सामाजिक सञ्जालमा छाइरहेको छ ।

प्रतिक्रिया