स्पेनिस ला लिगा: सेभिया एथ्लेटिक विल्वाओसँग पराजित
नेपालखोज
२०७८ वैशाख २१ गते १२:१५

काठमाडौं । स्पेनिस ला लिगाको चौथो स्थानमा रहेको सेभिया एथ्लेटिक विल्वाओसँग १(० ले पराजित भएको छ ।
सोमबार राति घरेलु मैदानमा भएको खेलमा अन्ति मिनेटमा गोल व्यहोरेपछि सेभिया पराजित भएको हो । यो हारसँगै सेभियाको उपाधि होड कमजोर बनेको छ ।
विल्वाओलाई ३ अंक दिलाउन खेलको ९०औं मिनेटमा यनाकी विलियम्सले निर्णायक गोल गरे ।
यस जितपछि विल्वाओ ३४ खेलबाट ४५ अंक जोड्दै नवौं स्थानमा उक्लिएको छ । समान खेलबाट सेभियाको ७० अंक छ ।
लिगमा चार चरणको खेल बाँकी रहँदा एट्लेटिको मड्रिड ७६ अंकसहित शीर्ष स्थानमा छ भने रियल मड्रिड र बार्सिलोनाको समान ७४ अंक छ ।
सम्बन्धित
प्रतिक्रिया