शुक्रबार, वैशाख ७, २०८१

महन्थ र राजेन्द्रले आफूनिकट सांसदकाे लिए हस्ताक्षर

नेपालखोज २०७८ वैशाख २१ गते १३:४०

काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोले आफूनिकट काठमाडौं उपत्यकामा जति उपलब्ध सांसदहरू छन् तिनलाई पार्टी कार्यालयमा बोलाएका छन् ।

सांसदहरूको हस्ताक्षर संकलन गर्न यसाे गरिएकाे हाे ।  

सोमबार जसपा केन्द्रीय कार्यालय बबरमहलमा आफूनिकट प्रतिनिधि सभाका सांसदहरूलाई बोलाएर उनीहरूले हस्ताक्षरसमेत गराए ।

उनीहरूले हस्ताक्षर गराएको जसपाका एक सांसदले बताए ।

जतिसुकै बेला जेपनि पर्न सक्ने भएकाले जसपाका सांसदलाई काठमाडौं नछोड्न निर्देशन पनि दिइएको स्राेतकाे दाबी छ ।

प्रतिक्रिया