शुक्रबार, असार २०, २०८२

उपत्यकालगायत विभिन्‍न क्षेत्रमा वर्षा

नेपालखोज २०७८ वैशाख २१ गते १४:२८

काठमाडौं । उपत्यका (काठमाडौं, भक्तपुर र ललितपुर) का विभिन्‍न स्थानमा वर्षा भइरहेको छ । देशका केही पहाडी भूभागमा अहिले मेघ गर्जनसहित हावाहुरी र वर्षा भएको छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाले अहिले नेपालको मौसममा पश्चिमी न्यून चापीय प्रणाली, दक्षिण भू-भागनजिक विकसित भएको न्यून चापीय क्षेत्र तथा बंगालको खाडीको जलवाष्पयुक्त हावाको प्रभाव रहेको जनाएको छ ।

वर्षाले उपत्यकाको मौसम चिसो भएको छ ।

प्रतिक्रिया