शुक्रबार, वैशाख १४, २०८१

आईसीटी इन्फ्रास्ट्रक्चर डिजिटल नेपालको लागि अपरिहार्यः सिईओ, हुवावे नेपाल

नेपालखोज २०७८ वैशाख २१ गते १६:५४

काठमाडौं । आईसीटी वीक २०२१ को अवसरमा MoCIT ले हुवावे, UNCDF, CAN फेडरेशन, FNCCI, KU र MoCIT का प्यानलिस्टहरूसँग वेबिनारको आयोजना गरेको थियो जसले आईसीटी (ICT) सँग सम्बन्धित क्षेत्रहरुमा उहाँहरूको प्रयासको बारेमा छलफल गरेको छ ।

हुवावे नेपालका सीईओ विलियम झांगले डिजिटल नेपालको लागि कम्पनीको योगदान र योजनाको बारेमा प्रकाश पार्दै छोटो प्रस्तुति दिनुभयो । UNCDF का क्रिस्टोफर वोल्फले नेपालमा समावेशी डिजिटल अर्थव्यवस्था स्कोर (IDES) को बारेमा कुरा गर्नुभयो । CAN फेडरेशनका नारायण थापाले नेपालमा आईसीटी विकासको भिजनमा प्रस्तुती दिनुभयो । FNCCI का मंगेश लाल श्रेष्ठले आईसीटी विकास र डिजिटल अर्थतन्त्रका लागि कसरी अगाडि बढ्ने भन्नेमा छलफल गर्नुभयो । KU का मनीष पोखरेलले महामारीको क्रममा र त्यस पश्चात शिक्षामा आईसीटीको भूमिका बारे प्रकाश पार्नुभयो । सूचना प्रविधि विभाग, MOCIT का प्रमुख सहसचिव अनिल कुमार दत्तले डिजिटल नेपाल फ्रेमवर्कको बारेमा छलफल गर्नुभयो, जुन हालको १५ औँ आवधिक योजनामा गेम(चेन्जर परियोजनामा समावेश हुँदैछ ।

हरि बस्याल – MoCIT का सचिवले नेपालमा आईसीटी क्षेत्रको भूमिका सम्बन्धी छलफलमा सहभागी भएकोमा सबैलाई धन्यवाद व्यक्त गर्नुभयो । उँहाले हुवावेलाई पनि धन्यवाद दिनुभयो र भन्नुभयो, ”म हुवावे नेपालप्रति हार्दिक धन्यवाद व्यक्त गर्न चाहन्छु जसले नेपालमा विक्रेताको भूमिकामा आईसीटी विकासलाई समर्थन र प्रवर्धन गरिरहेको छ ।”

वेबिनारमा विलियमले डिजिटल नेपालको लागि आईसीटी पूर्वाधारको अपिहार्यताको बारे छलफल गर्नुभयो । सस्तो मूल्यमा गुणस्तरीय दूरसञ्चार सेवाको गति बढाउने सरकारको योजना अनुरुप हुवावे नेपाल सबै टेलिकम अपरेटरहरू, आईएसपीहरू, सरकार र नेपालमा सबै आईसीटी सरोकारवालाहरुसँग उच्च गुणस्तर, फराकिलो कभरेज र किफायती ब्रोडब्यान्ड कनेक्टिभिटी र उन्नत डाटा सेन्टर सहितको डिजिटल फाउंडेशनमा योगदान पुर्याउन प्रतिबद्ध छ । हुवावेले नेपालमा आईसीटी उद्योगका लागि स्वस्थ र दिगो वातावरण निर्माण गर्न चार सुझावहरू पेश गरेको छ –

  • स्पेक्ट्रम प्रयोगमा सुधार गर्ने
  • बढी भन्दा बढी ब्रोडब्यान्ड प्रदायकलाई अन्तर्राष्ट्रिय ब्यान्डविथको लागत घटाउने तिर लैजाने
  • दुर्गम क्षेत्रहरूमा टावरहरू निर्माण गर्न अपरेटर र सरकारी कोषहरू बीच टावर सह–प्रयोग गर्ने
  • ब्रोडबैंड ईन्टरनेट MBB & FBB को प्रयोगकर्ता अनुभव सुधार गर्ने

नेपालमा फाइभजी परीक्षण सुरु गर्ने नीति अवलम्वन गर्ने नेपाल सरकारको दूरदर्शी निर्णय होे, विलियमले फाइभजी क्लबमा सामेल भएकोमा नेपाल सरकारलाई बधाई दिनुभयो, ”हुवावे, एक अग्रणी फाइभजी टेक्नोलोजी बिक्रेता, डिजिटल रूपान्तरणलाई प्रवर्धन गर्न र नेपालमा महामारी पश्चात्को सामाजिक र आर्थिक सुधारलाई सहयोग पु¥याउन उद्योग साझेदारहरूसँग सहकार्य गर्न तयार छ ।”

कोभिड–१९ महामारीले डिजिटल कनेक्टिभिटी र रूपान्तरणको आवश्यकतालाई गति प्रदान गरेको छ । विलियमका अनुसार हुवावे नेपालले कोभिड–१९ महामारीको समयमा निरन्तर काम गरिरहेको छ र नेपालको आईसीटी क्षेत्रमा योगदान पु¥याइरहेको छ । आईसीटी पूर्वाधार र समाधान प्रदायकले नेपालमा प्रमुख टेलिकम अपरेटरहरूको नेटर्वक सहज रूपमा सन्चालन र लकडाउनका दौरान ब्रोडब्यान्ड ईन्टरनेटको पहुँच सम्भव गर्न सहयोग पुर्याएको छ । यसले महामारीका क्रममा नेपालमा विभिन्न उद्यमहरूको डिजिटल रूपान्तरणलाई हुवावे क्लाउड, डाटा सेन्टर र अन्य इन्टरप्राइज सोलुसन प्रयोग गरी उनीहरूको डिजिटलीकरण स्तर सुधार गर्न सहयोग गरेको छ । यसका साथै हुवावेले अपरेटहरुका साथ व्यापक कभरेज, उत्तम गुणस्तर भएको ईन्टरनेट कनेक्टिभिटीको निर्माण गर्न फोरजी विस्तार गर्दैछ ।

राष्ट्रिय आईसीटी डे २०२१, मे २ मा मनाइने राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसको लगातार चौथो वर्ष हो । सम्पूर्ण हप्तालाई राष्ट्रिय आईसीटी वीक मानिन्छ र मे ३, २०२१ मा समग्र डिजिटल नेपाललाई सफल बनाउनको लागि सँगै अघि बढ्दै कसरी डिजिटल प्रविधिको प्रयोगले अर्थतन्त्र र समाजको विकास गर्न सकिन्छ भनेर छलफल गर्न एक वेबिनारको आयोजना गरिएको थियो ।

प्रतिक्रिया