भारतमा कोरोना नियन्त्रणका लागि विदेशी सहयोगको खोजी

नेपालखोज २०७८ वैशाख २२ गते ९:०२

एजेन्सी । सामाजिक सञ्जालमा प्रश्न उठिरहेको थियो, भारतमा कोभिड १९ को महामारी नियन्त्रणका लागि विदेशी सहयोग जति प्राप्त भएको छ, त्यो कहाँ छ ? यसैक्रममा मंगलबार अल इन्डिया मजलिस ए इत्तेहादुुल मुस्लिमीन (एआईएमआईएम) का अध्यक्ष एवं हैदराबादका सांसद असदुुद्दिन ओवाइसीले ट्वीट गरे ३ सय टन विदेशी सहयोग खोइ ?

‘भारतमा अहिलेसम्म ३ सय टन विदेशी सहयोग आइसकेको छ, तर प्रधानमन्त्रीको कार्यालयले यसबारे केहि जानकारी दिएको छ्रैन, उनले प्रश्न गरे ‘नोकरशाही नाटकका कारण कति जिवन रक्षक विदेशी सहयोग गोदाममा थन्किरहेको छ?

बीबीसी हिन्दीकाअनुुसार यसप्रकारका प्रश्न सामाजिक सञ्जालमा धेरैले सोधेपछि स्वास्थ्य मन्त्रालयले जवाफ दिएको छ ।मन्त्रालयले करिव ४० लाख स्वास्थ्य सामग्री (औषधि, अक्सिजन सिलिण्डर, मास्क) ३१ राज्य र केन्द्रशासित प्रदेशका ३८ संस्थानमा पठाइएको बताएको छ ।

भारतमा कोरोनाको दोस्रो लहर चलिरहेका बेला दैनिक ४ लाख संक्रमित थपिरहेका छन् । जसकारण उसले १६ वर्षपछि विदेशी सहयोग लिने फैसला गरेको थियो ।

भारतको विदेश मन्त्रालयकाअनुसार युुएइबाट गुजरातका लागि २० मेट्रिक टन लिक्किड अक्सिजन भएको ७ ट्याङ्कर आएको थियो । त्यसैगरी अमेरिका, बेलायतलगायतका देशले भारतलाई सहयोग पठाइरहेका छन् ।

प्रतिक्रिया