शुक्रबार, वैशाख ७, २०८१

२५ वर्षीया महिलाले जन्माइन् एकैपटक ९ बच्चा

नेपालखोज २०७८ वैशाख २२ गते ९:३५

एजेन्सी । अफ्रिकी मुलुक मालीकी एक जना २५ वर्षीया महिलाले एकै पटकमा नौ जना बच्चालाई जन्म दिएकी छन् । त्यहाँको स्वास्थ्य मन्त्रालयले मंगलबार एक विज्ञप्ति जारी गर्दै मोरोक्कोको एक अस्पतालमा हालिमा सिसे नामकी महिलाले पाँच छोरी र चार छोरालाई एकैसाथ जन्म दिएको उल्लेख गरेको छ ।

मालीकी स्वास्थ्य तथा सामाजिक विकास मन्त्री डाक्टर फान्ता सिबेकाअनुुसार सिसेको मंगलबार अप्रेशन गरिएको थियो । अहिलेसम्म आमा र नवजात शिशुुको अवस्था सामान्य छ । अब उनीहरू केही सातापछि मात्रै घर फर्किन सक्नेछन् ।

यसअघि गरिएको अल्ट्रासाउन्डमा उनको पेटभित्र सात वटा बच्चा रहेको देखिएको थियो । उनको पेटमा त्यति धेरै बच्चा रहेको कुराले मालीका नेताहरूको ध्यान तानेको थियो । डाक्टरहरूले उनलाई विशेष विशेषज्ञता चाहिने बताएपछि मालीका अन्तरिम राष्ट्रपतिले सरकारले खर्च व्यहोर्ने गरी उनलाई मोरोक्को पठाएका थिए ।

एकै आमाले त्यति धेरै बच्चा जन्माएको यो दुर्लभ घटना भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।

प्रतिक्रिया