आइतबार, वैशाख २३, २०८१

अक्सिजनका सिलिन्डर संकलन गरी वितरण गर्ने पल शाहको तयारी

नेपालखोज २०७८ वैशाख २२ गते ११:१४

काठमाडौं । चलचित्र अभिनेता पल शाहले अक्सिजन सिलिन्डर अभाव कम गर्न संकलन गर्ने र वितरण गर्ने तयारी गरेका छन् ।

उनले अक्सिजन नपाएर समस्यामा परेका अस्पतालहरुलाई २-३ दिनभित्रै सहयोग गर्ने तयारी गरेका हुन् ।

‘अक्सिजन नपाएर अस्पतालमा समस्यामा परेकाहरूलाई सहयोग गर्ने हो । हामी अक्सिजन सिलिन्डर जम्मा गर्दैछौं । अहिले अक्सिजनत पाइएको छ तर सिलिन्डर पाइएको छैन,’ उनले भने, ‘हामीले थन्किएका सिलिन्डर जम्मा गर्ने अनि किन्ने पनि योजना बनाएका छौं ।’

केही सिलिन्डर किनिसकेको भन्दै शाहले दुई-तीन दिनदेखि नै वितरण सुरु गर्ने बताए ।

प्रतिक्रिया