बारीमा उत्पादित तरकारी खेर जाने भन्दै किसान चिन्तित
नेपालखोज
२०७८ वैशाख २२ गते ११:१८

धनगढी । धनगढी उपमहानगरपालिकामा व्यावसायिकरूपमा तरकारी खेती गर्दै आएका स्थानीयवासी कृषक खेतमा उत्पादन भएको तरकारी खेर जाने भन्दै चिन्तित भएका छन् ।
महामारीका रूपमा फैलिएको कोरोना सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि गरिएको निषेधाज्ञाले तरकारी बजार पूर्णरूपमा ठप्प भएपछि बारीमा उत्पादन भएको टमाटर, भन्टा, लौका, फर्सीलगायतका बिक्री गर्न नपाएरै खेर जान्छ कि भन्दै चिन्तित भएको व्यवसायी बताए । फुटकर तरकारी लिने ग्राहक आउने गरेको भए पनि त्यो मात्राको बिक्रीले व्यवसायमा केही हलचल नहुने स्थानियको भनाइ छ ।
अहिले बारीमा करिब ३० क्विन्टल पाकेको टमाटर, १० क्विन्टल जति भण्टालगायतका तरकारी बिक्रीका लागि तयारी अवस्थामा छ तर कहाँ लगेर त्यो बिक्री गर्ने भन्ने चिन्ता रहेको बताइएको छ ।
सम्बन्धित

प्रतिक्रिया