उपत्यकामा आजदेखि निषेधाज्ञा उल्लंघन गर्नेलाई जरिवाना

नेपालखोज २०७८ वैशाख २२ गते १३:२६

काठमाडौं । काठमाडौं उपत्यकामा आजदेखि निषेधाज्ञा उल्लंघन गर्नेलाई जरिवाना तिराइने भएको छ । सडकमा खटिएका सुरक्षाकर्मीले निषेधाज्ञाको उल्लंघन गर्ने, अनावश्यक हिँड्डुल गर्नेलाई कारबाही गरिने प्रहरीले जनाएको हाे ।

नेपाल प्रहरीका प्रवक्ता एसएसपी वसन्तबहादुर कुँवरले आजदेखि निषेधाज्ञा उल्लंघन गर्नेलाई जरिवाना गरिने जानकारी दिए । निषेधाज्ञा उल्लंघन गर्नेलाई संक्रामक रोग ऐन २०२० बमोजिम कारबाही गरिने प्रहरीले जनाएको छ ।

काठमाडौं उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारीको बैठकले उपत्यकाको संक्रमणको दर हेरेर थप कडाइ र कारबाही गर्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया