लुम्बिनीमा ४ दिनको अवधिमा चौथो पटक शपथ, थप ३ मन्त्रीद्वारा शपथ ग्रहण
नेपालखोज
२०७८ वैशाख २२ गते १४:१९

बुटवल । लुम्बिनी प्रदेशमा ४ दिनको अवधिमा चौथो पटक शपथ खुवाइएको छ । बुधबार लुम्बिनी प्रदेश सरकारमा थपिएका तीन मन्त्रीहरुको पद तथा गोपनीयताको शपथ ग्रहण भएको हो ।
प्रदेश प्रमुख धर्मनाथ यादवले बुधबार पद तथा गोपनीयताको शपथग्रहण गराएका हुन् । शपथ लिनेमा आन्तरिक मामिला तथा कानुनमन्त्री चेतनारायण आचार्य, स्वास्थ्य तथा जनसंख्यामन्त्री भोजप्रसाद श्रेष्ठ र शिक्षा तथा सामाजिक विकासमन्त्री धर्मबहादुरलाल श्रीवास्तव छन् ।
मुख्यमन्त्री शंकर पोखरेलको सिफारिसमा उनीहरुलाई मंगलबार साँझ मन्त्री पदमा नियुक्त गरिएको थियो । ४ दिनको अवधिमा ४ पटक मन्त्रीहरुको शपथ भएको छ । योसहित लुम्बिनी प्रदेशमा मन्त्रिमण्डल १० सदस्यीय बनेको छ ।
सम्बन्धित

प्रतिक्रिया