राष्ट्रपति भण्डारीद्वारा रेल्वे अध्यादेश जारी
नेपालखोज
२०७८ वैशाख २२ गते १५:३३

काठमाडाैं । राष्ट्रपति विद्यादेवी भण्डारीले रेल्वे अध्यादेश २०७८ जारी गरेकी छन् । जनकपुर–जयनगर रेलमार्गमा रेल सञ्चालनका लागि कानुनी बाटो खोल्न राष्ट्रपति भण्डारीले रेल्वे अध्यादेश २०७८ जारी गरेकी हुन् ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले तयार गरेको अध्यादेशलाई केही दिनअघिको मन्त्रिपरिषद् बैठकले राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो । एक वा एकभन्दा बढी विदेशी राष्ट्रको भूमिसम्म वा विदेशी राष्ट्रले नेपालको भूमिसम्म वा नेपालको भूमि भएर अर्को विदेशी राष्ट्रमा जाने गरी रेल्वे सेवा सञ्चालन गर्ने व्यवस्था अध्यादेशमा गरिएको छ ।
सरकारले साढे ५ महिनादेखि जनकपुरमा थन्किएको रेल अहिलेसम्म सञ्चालनमा ल्याउन सकेको छैन । त्यसैको सहजताका लागि अध्यादेश ल्याइएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जनाएको छ ।

सम्बन्धित

प्रतिक्रिया