बिहीबार, चैत १५, २०८०

नेप्से पाँच अङ्कले घट्याे, ६ अर्ब २१ करोड रुपैयाँकाे कारोबार

नेपालखोज २०७८ वैशाख २२ गते १५:४५

काठमाडाैं । शेयर बजार परिसूचक नेप्से आज (बुधवार) पाँच अङ्कले घटेको छ । केही समूहको शेयर बढे पनि समग्र बजार पाँच दशमलव नौ अङ्कले घटेर दुई हजार ६ सय ४९ दशमलव ६० विन्दुमा झरेको छ ।

आज बैंकिङ समूहको शेयर पाँच अङ्कले, विकास बैंकको तीन अङ्कले, होटल तथा पर्यटनको ३७ अङ्कले, उत्पादनको ६७, जीवन बीमा समूहको ५५ र लघुवित्त समूहको शेयर चार अङ्कले घटेको छ । व्यापार, जलविद्युत्, फाइनान्स र निर्जीवन बीमा समूहको शेयर भने बढेको छ ।

आज दुई सय १८ कम्पनीका एक करोड ४८ लाख कित्ता शेयर ६ अर्ब २१ करोड रुपैयाँमा किनबेच भएका छन् । सबैभन्दा धेरै प्रभु इन्स्योरेन्सकाे २३ करोड रुपैयाँको शेयर कारोबार भएकाे छ ।

बुधबार आशा, लक्ष्मी, इन्फिनिटी र सबैको लघुवित्त कम्पनीको शेयर तीन प्रतिशतभन्दा धेरैले घटेको छ तर समग्र बजार घटे पनि १७ वटा कम्पनीको शेयर भने नौ प्रतिशतभन्दा धेरैले बढेको छ ।

प्रतिक्रिया