मंगलबार, वैशाख ११, २०८१

वाग्मतीमा राष्ट्रियसभाको उपनिर्वाचन जित्ने एमालेको दाबी

नेपालखोज २०७८ वैशाख २३ गते १२:४७

काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी बैठक सकिएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको बैठकले बागमती प्रदेशमा हुन गइरहेको राष्ट्रिय सभाको उपनिर्वाचनमा आफ्नो तर्फको उम्मेदवारको जित सुनिश्चित गर्नेगरी छलफल अगाडि बढाउने निर्णय गरेको छ ।

जेठ ६ गते हुन गइरहेको निर्वाचनका विषयमा छलफल भएको प्रवक्ता प्रदीप ज्ञवालीले पत्रकारलाई जानकारी दिएका छन् ।

बैठक सकिनासाथ प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास गएका छन् ।

प्रतिक्रिया