शुक्रबार, वैशाख १४, २०८१

निषेधाज्ञाका कारण मध्यभोटेकोसी जलविद्युत कम्पनीको आईपीओ स्थगित

नेपालखोज २०७८ वैशाख २३ गते १५:५४


सन्धुपाल्चोक । जिल्लाको आयोजना प्रभावित क्षेत्र र जिल्लाबासी सबैका लागि आइपिओ खुलेको थियो । सिन्धुपाल्चोक जिल्लामा आजदेखि निषेधाज्ञा जारी भएकाले आइपिओ तत्काललाई स्थगित गर्ने निर्णय भएको बिक्री प्रवन्धक ग्लोबल आइएमई क्यापिटलले जनाएको छ ।

स्थानीयका लागि आइपिओ बिक्री प्रक्रिया ढिला हुने भएपछि सर्वसाधारणका लागि खुल्न पनि ढिला हुने भएको छ । धितोपत्र बोर्डबाट स्वीकृति पाएको २ महिनाभित्र प्रभावित र सर्वसाधारण सबैका लागि आइपिओ निष्कासन गर्नुपर्ने कानुनी व्यवस्था छ ।

आयोजना प्रभावित क्षेत्रका स्थानीयबासीका लागि १८ लाख कित्ता र प्रभावित क्षेत्रबाहेक सिन्धुपाल्चोक जिल्लाका अन्य क्षेत्रमा बसोबास गर्ने बासिन्दाको लागि ४२ लाख कित्ता आइपिओ खुलाइएको थियो ।

प्रतिक्रिया