शुक्रबार, वैशाख १४, २०८१

महासंघको अतिथि गृहमा पत्रकारका लागि अक्सिजनसहित होल्डिङ सेन्टर

नेपालखोज २०७८ वैशाख २३ गते १६:४७

काठमाडौं । नेपाल पत्रकार महासंघले कोभिड-१९ को जोखिममा रहेका पत्रकारहरुका लागि होल्डिङ सेन्टर सञ्चालनमा ल्याएको छ ।

महासंघको केन्द्रीय कार्यालय सञ्चारग्राममा रहेको अतिथिगृहमा होल्डिङ सेन्टर स्थापना गरिएको अध्यक्ष विपुल पोखरेलले जानकारी दिए । उनका अनुसार अक्सिजनसहितको होल्डिङ सेन्टरका लागि म्याक्सिम इन्टरनेसनल ट्रेडिङ, हाम्रो टिमलगायतका संस्थाले सहयोग गरेका छन् ।

कोभिड संक्रमण पुष्टि भएर अस्पतालमा बेड नपाएका वा जोखिममा रहेका पत्रकारहरुलाई होल्डिङ सेन्टरको सुविधा उपलब्ध गराइने अध्यक्ष पोखरेलले बताए । उनले भने, ‘फ्रन्टलाइनमा खटिएका पत्रकारलाई कोरोना संक्रमण भएमा वा जोखिममा रहेमा उपचारका लागि विशेष व्यवस्था नहुँदासम्मका लागि होल्डिङ सेन्टर सञ्चालनमा ल्याएका छौं ।’

प्रतिक्रिया