बिहीबार, चैत १५, २०८०

सहयोग स्वरुप दिएको भ्याक्सिन फिर्ता लैजान चीनलाई फिलिपिन्सको आग्रह

नेपालखोज २०७८ वैशाख २३ गते २०:४९

काठमाडौं । फिलिपिन्सका राष्ट्रपति रोड्रिगो डुटेर्तेले सहयोग स्वरुप दिएको एक हजार सिनोफार्म भ्याक्सिन फिर्ता लैजान चीनलाई आग्रह गरेका छन् । प्रमाणित नभएको चिनिया भ्याक्सिन सिनोफार्म लगाएका कारण डुटेर्तेको आलोचना हुँदै आएको छ ।

डुटेर्तेले चीनलाई भविष्यमा सिनोफार्म नभई सिनोभ्याक भ्याक्सिन मात्रै पठाउन पनि आग्रह गरेका छन् । यो भ्याक्सिन हाल फिलिपिन्समा प्रयोग गरिँदैछ । सिनोफार्म भ्याक्सिन लिन चिकित्सकहरुले सल्लाह दिएका कारण आफुलो सो भ्याक्सिन लगाएको बताए ।

स्थानीय मिडिया रिपोर्टका अनुसार उनले यस भ्याक्सिनको बारेमा कुनै अध्ययन नगरिएकाले खतरनाक भएको जनाउँदै मानिसहरुलाई त्यस्तो नगर्न अपिल पनि गरे। चीनको कोरोना भ्याक्सिन सिनोफार्म र सिनोभ्याकले यो हप्ता विश्व स्वास्थ्य संगठनको अनुमति पाउने सम्भावना छ ।

दुटेर्तेले पछि समस्या नहोस् भन्नका लागि यो फिर्ता लैजानुपर्ने बताए। फिलिपिन्स पूर्वी एशियामा कोरोनाद्वारा सर्वाधिक प्रभावित देशमध्ये एक हो । त्यहाँ १० लाख कोरोना संक्रमित भेटिएका छन् भने हालसम्म १८ हजार संक्रमितको मृत्यु भइसकेको छ ।

प्रतिक्रिया