शुक्रबार, जेठ ४, २०८१

कर्णाली प्रदेशका मुख्यमन्त्री शाहीको निर्देशनै निर्देशन

नेपालखोज २०७८ वैशाख २४ गते ९:२१

सुुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कोभिड–१९ को रोकथाम, नियन्त्रण, उपचार र प्रतिकार्य खटिन कर्मचारीलाई निर्देशन दिएका छन् ।

कोरोनाबाट बढी प्रभावित सल्यान जिल्लाको अवस्था अनुगमनका लागि बिहीबार त्यहाँ पुगेका मुख्यमन्त्री शाहीले त्यहाँको आपत्कालीन समस्या समाधान गर्न प्रदेश सरकार लागिपरेको बताए ।

उनले जिल्ला अस्पताल सल्यानमा कोभिड बिरामीको अवस्था, भौतिक तथा प्राविधिक जनशक्ति र उपकरणका साथै स्वास्थ्यकर्मीको समस्याबार जानकारी लिएका थिए । मुख्यमन्त्री शाहीले प्रदेश सरकारको तर्फबाट गर्न सकिने काम जतिसक्दो चाँडो हुने प्रतिबद्धता पनि जनाए ।

सल्यान जिल्ला विपद् व्यवस्थापन केन्द्रको बैठकमा सहभागी भई उनले कोभिड–१९ को रोकथाम, नियन्त्रण, उपचार र प्रतिकार्यको कामलाई प्रभावकारी बनाउन चिकित्सक तथा स्वास्थ्यकर्मीलाई निर्देशन दिएका हुन् ।

उनले यसअघि प्रदेश अस्पताल सुुर्खेतमा पुुगेर पनि यस्तै निर्देशन दिएका थिए । कोरोना नियन्त्रणका लागि प्रभावकारी काम गर्न नसकेको प्रदेश सरकारका मुुख्यमन्त्री नीति निमार्णसहित कोरोना नियन्त्रणमा लाग्नुुपर्नेमा निर्देशन दिनै व्यस्त देखिन्छन् ।

प्रतिक्रिया