आइतबार, वैशाख ३०, २०८१

क्योकुसिनको पहिलो ब्याचका खेलाडी वज्राचार्यको निधन

नेपालखोज २०७८ वैशाख २४ गते १४:३९

काठमाडौं । कोरोना संक्रमणका कारण क्योकुसिन करातेका पहिलो ब्याचका खेलाडी रामजीप्रसाद वज्राचार्यको निधन भएको छ ।

गत १६ गते कोरोना संक्रमित भएपछि वज्राचार्यलाई उपचारका लागि गणेशमान सिंह मेमोरियल अस्पताल भर्ना गरिएको थियो । स्वास्थ्य स्थिति खराब भएपछि वज्राचार्यलाई थप उपचारका लागि नेपाल एपीएफ अस्पतालमा भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो । बक्सिङका दीपक महर्जनका अनुसार क्योकुसिनका पूर्वखेलाडीसमेत रहेका वज्राचार्यले ग्वान्झाउ एसियाडमा नेपाललाई एकमात्र पदक (कास्य) दिलाएका थिए ।

वज्राचार्यले सन् १९८२ मा सिंगापुर र १९८४ मा इन्डोनेसियामा भएको अल एसिया फुल कन्ट्याक्ट कराते च्याम्पियनसिपमा सहभागिता जनाएका थिए । इन्डोसिनामा उनले कास्य पदक जितेको क्योकुसिन करातेका संस्थापक जगतप्रसाद गौचनले जनाएका छन् । २०३९ सालदेखि क्योकुसिन कराते खेल्न थालेका वज्राचार्य दुईपटक आफ्नो तौल समूहमा राष्ट्रिय च्याम्पियन बनेका थिए ।

नेपाल फुल कन्ट्याक्ट कराते महासंघका वरिष्ठ उपाध्यक्ष वज्राचार्यको २०१२वैशाख २६ गते ललितपुरको सातदोबाटोमा जन्म भएको थियो । उनका एक छोरा, दुई छोरी र पत्नी छन् ।

प्रतिक्रिया