मंगलबार, जेठ १, २०८१

कोरोना संक्रमितको मृत्यु भएपछि स्वास्थ्यकर्मीमाथि हातपात

नेपालखोज २०७८ वैशाख २५ गते १२:०६

दाङ । कोरोना संक्रमितको मृत्यु चिकित्सकको लापरबाहीले भएको भन्दै भेरी अस्पताल नेपालगञ्जमा कार्यरत एकजना स्वास्थ्यकर्मीमाथि हातपात भएको छ ।

भेरी अस्पतालको इमरजेन्सी विभागमा कार्यरत हेल्थ अशिष्टेन्ट पुपेन्द्र शाहीमाथि शुक्रबार बिहान हातपात भएको घटनाको अस्पताल प्रशासनले निन्दा गर्दै दोषीमाथि कारबाहीको माग गरेको छ ।

अस्पताल विकास समितिका अध्यक्ष प्रमोद धिताल र अस्पतालका सदस्य सचिव डा. प्रकाश थापाले हल्थ अशिष्टेन्ट शाहीमाथि भएको हातपातको निन्दा गर्दै दोषीमाथि कारबाहीको माग गरेका छन् । अस्पताल प्रशासनले घटनाको निष्पक्ष छानविन गरि दोषी उपर कडा कानुनी कारबाहीको माग गरेको छ ।

धिताल र थापाले कोभिड–१९ को महामारीबाट बिरामीलाई बचाउन रातदिन सेवा गरिरहेका चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीलाई उच्च मनोवल बनाउन सहयोग गर्नुपर्नेमा त्यसबिपरीतका गतिबिधि हुनु दुःखद भएको उल्लेख गरेका छन् ।

शुक्रबार बिहान साढे ८ बजेतिर अपरिचित ३/४ जनाको समूहमा आएका व्यक्तिहरुले कोभिड वार्डमा आफन्तको मृत्यु भएपछि बिरामीलाई किन समयमै हेर्न नआएको भन्दै हातपात गरेका थिए ।

प्रतिक्रिया