मंगलबार, जेठ १, २०८१

भेन्टिलेटर अभावमा महोत्तरीमा एक संक्रमितको मृत्यु

नेपालखोज २०७८ वैशाख २५ गते १६:५९

महाेत्तरी । भेन्टिलेटर नपाउँदा महोत्तरीमा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । जिल्ला अस्पताल जलेश्वरमा थन्काएर राखिएको भेन्टिलेटर जडान नहुँदा अक्सिजनको सपोर्टमा उपचार गराइरहेका महोत्तरी गाउँपालिका-४ का ४२ वर्षीय पुरुषको मृत्यु भएको हो ।

सर्लाहीको धनकौल गाउँपालिकाको शिक्षा संयोजक पदमा कार्यरत ती पुरुषलाई भेन्टिलेटरको आवश्यकता परेपछि जलेश्वर अस्पतालले शुक्रबार प्रादेशिक अस्पताल जनकपुरधाम रेफर गरेपछि त्यहाँ लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो ।

आफ्नै घरमा रहेको बखत बिरामी भएका मृतकलाई बिहीबार सास लिन कठिनाइ भएपछि जलेश्वर आस्पतालमा भर्ना गरिएको थियो । भर्ना भएकै समयदेखि अक्सिजनको सपोर्ट दिइएका उनको स्वाब संकलन गरी परीक्षण गर्दा शुक्रबार रिपोर्ट पोजेटिभ देखिएको थियो ।

शुक्रबार राति अवस्था जटिल बन्दै जाँदा तत्कालै भेन्टिलेटरको आवश्यकता देखिएकोमा उपलब्ध नहुँदा मृत्यु भएको मृतकका परिवारजनले बताएका छन् ।

प्रतिक्रिया