मंगलबार, जेठ १, २०८१

तत्काल अक्सिजनको व्यवस्थापन गर्न नेपाल चिकित्सक संघकाे आग्रह

नेपालखोज २०७८ वैशाख २५ गते १७:४७

काठमाडाैं । नेपाल चिकित्सक संघले तत्काल अस्पतालहरुमा अक्सिजनको सहज व्यवस्थापन गरिदिन सरकारसँग अनुराेध गरेको छ ।

संघले एक विज्ञप्ति जारी गर्दै कोरोना सङ्क्रमितलाई अक्सिजन अभाव हुन नदिन अस्पतालमा तत्काल अक्सिजन सिलिण्डरको व्यवस्थापन गर्न सरकारसँग आग्रह गरेको हो ।

दोस्रो लहरको कोरोना सङ्क्रमण नेपालमा पनि उच्च दरमा बढिरहेको भन्दै संघले तत्काल यसबारे गम्भीर नबने अवस्था भयावह हुने भन्दै सरकारको ध्यानाकर्षण गराएको छ ।

यस्तै विभिन्न अस्पतालले अक्सिजनको अभाव भई नयाँ बिरामी भर्ना गर्न नसकिएको भनेर विज्ञप्ती निकालेकोप्रति पनि आपत्ति जनाएको छ । अस्पतालले बिरामी आफैंले अक्सिजन व्यवस्था गर्नु भनेर विज्ञप्ति निकाल्नु आपत्तिजनक रहेको संघका महासचिव डाक्टर बद्री रिजालले बताएका छन् ।

प्रतिक्रिया