शुक्रबार, वैशाख १४, २०८१

काबुलमा बम विस्फोटमा २५ जनाको मृत्यु, ५२ घाइते

नेपालखोज २०७८ वैशाख २५ गते २१:४२

काबुल । अफगानिस्तान को राजधानी काबुलमा एक विद्यालय बाहिर बम विस्फोट भएको छ । विस्फोटमा परि २५ जनाको मृत्यु भएको छ, अन्य ५२ जना घाइते भएका छन् । घाइते सबैलाई अस्पताल भर्ना गरिएको छ ।

समाचार एजेन्सी एएफपीका अनुसार अफगानिस्तानका गृह मन्त्रालयका प्रवक्ता तारिक अरियानले भने, ‘दुःखको कुरा हो । २५ जनाको मृत्यु भइसकेको छ भन्य ५२ जनालाई अस्पतालमा भर्ना गरिएको छ ।’

घटनामा मृतकको संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ । उक्त विस्फोट काबुलको पश्चिममा रहेको दश्त-ए- बार्चीको एक विद्यालय बाहिर भएको हो, जहाँ विद्यार्थी सहभागी थिए । एएफपीका अनुसार विस्फोट भएको समयमा आम नागरिक पनि इद उल फित्रका लागि बजारमा सामान खरिद गरिद गरिरहेका थिए ।

प्रतिक्रिया