शुक्रबार, चैत १६, २०८०

महिनावारीमा पेट दुख्छ ? यसो गर्नुस् !

नेपालखोज २०७८ वैशाख २६ गते ७:०९

काठमाडौं । महिनावारीको अवधिमा प्रायः सबै महिलालाई पेट दुख्‍ने शरीर दुख्ने, काममा जाँगर नलाग्नु स्वभाविकै हो । तर व्यस्त जीवनमा हामीले यसलाई आफ्नो दैनिकी बनाएर हिँड्नै पर्ने बाध्यता पनि छ ।

तर यसलाई सरल तथा शरीर, पेट दुखाइलाई हामीले घरमै पाइने हाम्रो खानाबाट कम गर्न सक्छौँ । यस्तो समयमा हामीले खानापनमा विशेष ध्यान दिनुपर्छ । पोषिलो, रसिलो तथा तातो खानाले हाम्रो शरीरमा भएको दुखाइलाई केही हदसम्म कम गर्न सक्छ । त्यस्तै तातो पानीले पेट सेक्दा पनि हाम्रो शरीरको दुखाइलाई कम गर्न मद्दत गर्छ ।

कतिपय महिलाले पेट दुखेको सहनै सकिँदैन भन्दै डाक्टरको सल्लाहबिनै औषधिको प्रयोग गर्ने गर्छन् तर त्यसले झन् अर्को समस्या निम्त्याउन सक्छ । औषधिको आफूखुसी प्रयोग गर्नुभन्दा हामै भान्सामा पाक्ने बनाउन सक्ने चिज नै यसको औषधि हुन सक्छ ।

यसका लागि हामीले काँडा-पानी बनाएर पिउन सक्छौं । दूधमा बेसार अथवा मह राखेर पिउन सक्छौं । साथै हामीले दुखेको ठाउँलाई तोरी, नरिवल अथवा तिलको तेल तताएर मालिस गर्दा पनि हाम्रो दुखाइ केही हदसम्म भए पनि कम हुन सक्छ ।

हामी तातो खाने बहानामा चिया कफी पिउँछौं तर यसले हाम्रो शरीरलाई फाइदाभन्दा पनि नोक्सान पुर्‍याउँछ । महिनावारीको समयमा मदिरा (जाँडरक्सी जस्ता पेय पदार्थ) बाट टाढै रहनुपर्छ । यसले असर मात्र होइन हाम्रो नियमित महिनावारीलाई पनि गडबड बानाइदिन्छ ।

यस्तो समयमा हामीले हल्का-फुल्का व्यायम पनि गर्न सक्छौं जसले शरीरलाई फुर्तिलो बनाउँछ ।

प्रतिक्रिया