मंगलबार, जेठ १, २०८१

बीएन्डसी अस्पतालमा सङ्क्रमितका लागि २०० शय्या सञ्चालन

नेपालखोज २०७८ वैशाख २६ गते १२:२६


झापा । झापा बिर्तामोडस्थित बीएन्डसी अस्पतालले कोभिड-१९ का बिरामीलाई उपचार गर्न आजदेखि २०० शय्या सञ्चालनमा ल्याएको छ । प्रदेश १, प्रदेश २ सहित देशका अन्य भागबाट ‘हवाई बेड लिफ्ट’ गरी कोभिडका सङ्क्रमितलाई धमाधम बीएन्डसी पु¥याउनेक्रम जारी रहेपछि अस्पतालले शय्या थप गरेको हो ।

सङ्क्रमितलाई उपचार गर्न सो सङ्ख्यामा शय्या सञ्चालनमा आएको अस्पतालद्वारा आज जारी विज्ञप्तिमा जनाइएको छ । विज्ञप्तिमा भनिएको छ “कोरोनाका बिरामीको चाप अस्पतालमा बृद्धिभएसँगै शय्या थप गरिएको छ ।

मौज्दात रहेका ६५ भेन्टिलेटर सहित सघन उपाचार कक्ष (आइसियू) मध्ये गम्भीर सङ्क्रमितका लागि ५० शय्या छुट्याउने र ६० चिकित्सक सहित आवश्यक स्वास्थ्यकर्मी तयारी अवस्थामा रहेका पनि अस्पतालले जनाएको छ ।

अस्पतालले २५ शय्या मात्र कोरोनाका बिरामीलाई छुट्याएको थियो । पूर्वाञ्चल क्यान्सर अस्पताल र बीएन्डसी अस्पताल गरी कूल ९०० शय्या रहेको छ ।

विज्ञप्तिमा भेन्टिलेटरमा उपचाररत दश सङ्क्रमित मध्ये ८ जना आजदेखि भेन्टिलेटरमुक्त हुने र अन्य दुईजना पनि खतरामुक्त रहेका जनाइएको छ । अस्पतालले हालसम्म भेन्टिलेटर सहित सघन उपाचार कक्ष (आइसियू) तथा अक्सिजनको अभाव नरहेको जनाएको छ ।

प्रतिक्रिया