शुक्रबार, वैशाख १४, २०८१

अक्सिजनका खाली सिलिन्डर लिन निगमको जहाज चीन जाँदै

नेपालखोज २०७८ वैशाख २७ गते ११:५८

काठमाडाैं । चीनबाट अक्सिजनका खाली सिलिन्डरसहित स्वास्थ्य सामग्री ल्याउन नेपाल वायु सेवा निगमको वाइडबडी विमान आज चीन जाने भएकाे छ ।

आज राति ११: ३० मा नेपालबाट वेइजिङ प्रस्थान गर्ने र स्वास्थ्य सामग्री लिएर भोलि  नेपाल फर्किने विमानस्थल कार्यालयले जनाएको छ । पहिलो चरणमा ४ सय थान अक्सिजन सिलिन्डर र १० थान भेन्टिलेटरसहित स्वास्थ्य सामग्री नेपाल ल्याउने तयारी रहेकाे छ ।

२० हजार खाली सिलिन्डरमध्ये पहिलो चरणमा चार सय खाली सिलिण्डर ल्याउने तयारी भएको हो । बीस हजार सिलिन्डर मध्ये दुई हजार विमानबाट र १८ हजार सडकमार्ग हुँदै नेपाल ल्याइने तयारी छ ।

नेपाल सरकारको अनुरोधमा चीनले २० हजार खाली सिलिन्डर निःशुल्क पठाउन लागेको हो ।

प्रतिक्रिया