शुक्रबार, वैशाख १४, २०८१

प्रभु सेलेक्ट फन्डको प्राथमिक निष्कासन जेठ ५ देखि

नेपालखोज २०७८ वैशाख २७ गते २०:५९

काठमाडौं । प्रभु सामूहिक लगानी कोषअन्तर्गत प्रभु सेलेक्ट फन्ड आगामी जेठ ५ गतेदेखि प्राथमिक निष्कासन तथा बिक्री खुला हुने भएको छ। प्रभु क्यापिटलको व्यवस्थापनमा सञ्चालनमा आउन लागेको यस फन्डले एक अर्बबराबरको १० करोड एकाइ जारी गर्नेछ ।

जारी गर्न लागिएको एकाइको १४ प्रतिशत हुन आउने एक करोड ४० लाख एकाइ कोष प्रवर्द्धक प्रभु बैंकलाई छुट्टाइएको छ भने एक प्रतिशत हुन आउने १० लाख एकाइ कोष व्यवस्थापकका रुपमा रहेको प्रभु क्यापिटलका लागि सुरक्षित गरिएको प्रभु क्यापिटलद्वारा जारी विज्ञप्तिमा छ ।

बाँकी ८ करोड ५० लाख एकाइका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् । प्रभु सेलेक्ट फन्डको कोष प्रवर्द्धकका रुपमा प्रभु बैंक छ भने व्यवस्थापनको जिम्मेवारी प्रभु क्यापिटलले निर्वाह गर्नेछ ।

प्रतिक्रिया