बिहीबार, चैत १५, २०८०

भारतको गंगा नदीमा भेटियो सयजनाको शव

नेपालखोज २०७८ वैशाख २८ गते ७:४८
तस्बिर : crnews24

दिल्ली । भारतको गङ्गा नदीमा कम्तीमा एक सय जनाको शव भेटिएको छ । नदीमा एकैपटक ठूलो सङ्ख्यामा शव भेटिएको र ती शव कोरोना सङ्क्रमणबाट ज्यान गुमाएकाहरुको हुन सक्ने अनुमान छ ।

उत्तर प्रदेश सरकारले भने ४० जनाको शव भेटिएको र उनिहरुले के कारणले ज्यान गुमाएका हुन् भन्ने अनुसन्धान भइरहेको बताएको बीबीसीले जनाएको छ ।

स्थानीयबासिन्दाले नदीमा अझै पनि शव देखिएको बताएका भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । भारतमा कोरोना सङ्क्रमणबाट ज्यान गुमाएका आफन्तको शवको अन्तिम संस्कार गर्न समस्या भोग्नु परेको खबरहरु यसअघि नै आएका थिए ।

कतिपय शव अन्तिम संस्कारमा भएको समस्याले नदीमा बगाइएको हुन सक्ने र केही नदी किनारमा शव जलाउने क्रममा नजलेर बगाइएको हुन सक्ने स्थानीयबासीन्दाले बताएका छन् ।

प्रतिक्रिया