शुक्रबार, चैत १६, २०८०

डब्ल्यूएचओले भन्याे- कोरोनाको भारतीय भेरियन्टले विश्वस्तरमा चिन्ता

नेपालखोज २०७८ वैशाख २८ गते ८:५६

काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले भारतमा पाइएको कोरोनाभाइरसको नयाँ भेरियन्ट चिन्तित वनाएको बताएको छ ।

संगठनले भन्यो ‘बि १ (६१७) ब्याक्टेरिया भारतमा फैलिरहेको छ, यो अधिक संक्रमण फैलिरहेको र यो चिन्ताजनक रहेको छ ।’
डब्ल्यूएचओको कोभिड १९ प्रमुख मारिया वेन केरखोवले भनिन् ‘भारतिय ब्याक्टेरियाबारो नयाँ जानकारी आएको छ, जुुन खतरायुुक्त छ जसले भ्याक्सिनलाई पनि असर पुर्याउँछ ।’

मारियाले अघि भनिन्, ‘हामी आधिकारिक रुपमा यसलाई विश्वस्तरमा चिन्तित बनाउने खालको भेरियन्ट घोषणा गर्दछौं ।’
डब्ल्यूएचओकाअनुुसार बि १ (६१७) ब्याक्टेरिया भारतमा डिसेम्बरको अन्तिममा पहिलो पटक पत्ता लागेको थियो । यसको सुरुवाती रुप अक्टुबर २०२० मा पाइएको थियो ।

यो भेरियन्ट धेरै देशहरुमा फैलिएपछि धेरै देशहरुले भारतबाट हुने उडानसमेत रोकिसकेका छन् । डब्ल्यूएचओको कोभिड १९ प्रमुख केरखोवले यस भेरियन्टको अधिक जानकारी आज (मंगलबार) उपलब्ध गराइने बताएकी छन् ।

बिबिसी हिन्दीले समाचार लेखेको छ, जहाँ, डब्ल्यूएचओका प्रमुख टेड्रोस एधनोम घेब्रेयसस्ले भनेका छन् ‘डब्ल्युुएचओ फाउण्डेशन ‘टुगेदर फर इन्डिया’ अभियान शुरु गर्दैछ ।’ जसको उद्देश्य भारतमा अक्सिजन, औषधि, स्वास्थ्यकर्मीका लागि सुरक्षाका सामग्री खरिद गर्नका लागि आवश्यक कोष जम्मा गर्नु रहेको बताइएको छ ।

प्रतिक्रिया