बिहीबार, चैत १५, २०८०

सुदूरपश्चिमको एकमात्र अक्सिजन प्लान्ट बिग्रियो, उत्पादन ठप्प

नेपालखोज २०७८ वैशाख २८ गते १०:२९

धनगढी । सुदूरपश्चिमको एकमात्र अक्सिजन उत्पादन गर्ने मालिका अक्सिजन ग्यास उद्योग सोमबार रातिदेखि बिग्रिएको छ । अस्पतालहरुमा अक्सिजन अभाव भइरहेको समयमा सुदूरपश्चिमको एकमात्र अक्सिजन उत्पादन गर्ने प्लान्ट बिग्रिएपछि थप समस्या हुनसक्ने बताइएको छ ।

उक्त अक्सिजन उद्योग बिग्रिएपछि निर्माणकार्यका लागि नेपाल आविष्कार केन्द्रका महावीर पुन तथा भारतको दिल्लीस्थित इन्जिनियरहरुसँग भर्चुअल कुराकानी गरेर बनाउने प्रयास भइरहेको समाजसेवी हेमराज ओझाले जानकारी दिएका छन् ।

उनले प्रदेशभरमा रहेको एकमात्र अक्सिजन उद्योग बिग्रिएको र सकेसम्म चाँडै बनाउने प्रयास भइरहेकोसमेत जानकारी दिएका छन् । समाजसेवी ओझाले उक्त उद्यागबाट अक्सिजन खरिद गरेर बिरामीहरुलाई नि:शुल्क वितरण गर्दै आएका थिए ।

कोरोना महामारीको दास्रो लहर तीव्र रुपमा वृद्धि भइरहेको छ । कोरोना संक्रमणबाट मृत्यु हुने अघिकांशको अक्सिजन अभावका कारण हुने गरेको छ ।

देशमा १० दिनको अवधिमा १३५ जना संक्रमितको मृत्यु भएको सुदूरपश्चिम स्वास्थ्य निर्देशनालय दिपायलले जनाएको छ ।

प्रतिक्रिया