बिहीबार, वैशाख १३, २०८१

कांग्रेस सभापति देउवाद्वारा ३ दलको बैठक आह्‌वान

नेपालखोज २०७८ वैशाख २८ गते ११:२५

काठमाडाैं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले तीन दलको बैठक बाेलाएका छन् । नयाँ सरकारको सम्भावित गठबन्धनसमेत ठानिएका दुई दल, माओवादी केन्द्र र जसपाका नेताहरुलाई देउवाले आफ्नै निवास बूढानीलकण्ठमा दिउँसो २ बजे छलफलका लागि बोलाएका हुन् ।

केपी शर्मा ओलीले संसद्‌मा विश्वासको मत गुमाएपछि राष्ट्रपति विद्यादेवी भण्डारीले बहुमतको नयाँ सरकार गठनका लागि वैशाख ३० सम्मको समयसीमा दिएपछि तीन दल छलफलमा जुट्न थालेका हुन् ।

प्रतिक्रिया