शुक्रबार, वैशाख १४, २०८१

चिनियाँ खोप भेरोसेलको दोस्रो डोज लगाउने यस्तो छ तालिका !

नेपालखोज २०७८ वैशाख २८ गते १८:५५

काठमाडौं । कोभिड-१९ विरुद्धको चिनियाँ खोप भेरोसेलको दोस्रो मात्रा लगाउने कार्यतालिका सार्वजनिक भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निर्नयअनुसार यही जेठ २ गतेदेखि चिनियाँ खोप भेरोसेल लगाउने काम सुरु हुनेछ । काठमाडौंस्थित जनस्वास्थ्य कार्यालयका अनुसार काठमाडौं महानगरसहित ९ वटा पालिकामा खोप केन्द्र तोकिएको छ । उक्त पहिले एक मात्रा खोप लगाइसकेका १८ देखि ५९ वर्ष उमेर समूहका व्यक्तिहरुले लगाउन सक्नेछन् ।

खोप अभियान निर्देशित मापदण्डको पूर्ण पालना हुने गरी सञ्‍चालन गर्नु पर्नेछ भने भेरोसेल खोपको दोस्रो मात्रा लिन जाँदा पहिलो खोपको कार्डका साथै परिचयपत्र अनिवार्य साथमा राख्नुपर्नेछ ।
-फाइल तस्बिर

प्रतिक्रिया