शनिबार, वैशाख १५, २०८१

बास, गैसस महासंघ बाँकेद्वारा ६ लाख बराबरको स्वास्थ्य सामग्री हस्तान्तरण

नेपालखोज २०७८ वैशाख २८ गते १९:०७

काठमाडौं । कोभिड प्रतिकार्यका लागि बास नेपाल, नेप्लिज अमेरिकन चेम्बर अफ कमर्स र र गैर सरकारी संस्था (गैसस) महासंघ बाँके शाखाले संयुक्त रुपमा झन्डै ६ लाख रुपैयाँ बराबरको स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ ।

बासका अध्यक्ष रमेश सिटौलाका अनुसार ५ लाख ८५ हजार रुपैयाँबराबरको स्वास्थ्य सामग्री बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलाललाई हस्तान्तरण गरिएको हो । उक्त स्वास्थ्य सामग्री हस्तान्तरण कार्यक्रममा गैसस महासंघ बाँकेका अध्यक्ष तथा बासका कार्यकारी निर्देशक नमस्कार शाह, बासका अध्यक्ष रमेश सिटौला, निर्वतमान अध्यक्ष मन भण्डारी, बासका निर्देशक हेमराज भट्ट, नेप्लिज अमेरिकन चेम्बर अफ कमर्सका प्रतिनिधि अनु वली, बासका कार्यक्रम अधिकृत शुद्धप्रसाद चौधरी, सीएफए लोकबहादुर घर्तीको सहभागिता थियो ।

बास बाँके जिल्लामा केन्द्रीय कार्यालय रही भ्रष्टाचारविरुद्धको सामाजिक अभियानमा २० वर्ष देखि सक्रिय संस्था हो ।

प्रतिक्रिया