शुक्रबार, वैशाख १४, २०८१

ट्याक्सी दुर्घटनामा चालकसहित दुईको मृत्यु, एक घाइते

नेपालखोज २०७८ वैशाख २९ गते ८:०८

बागलुङ । जिल्लाको ढोरपाटन नगरपालिका–५ मा ट्याक्सी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा चालक ३५ वर्षीय ढालबहादुर थापा र ढोरपाटन नगरपालिका–५ का ४० वर्षीय जोकबहादुर विक रहेको इलाका प्रहरी कार्यालय बुर्तिबाङका इन्चार्ज प्रहरी निरीक्षक जयराम वन्तले जानकारी दिए ।

दुर्घटनामा सोही स्थानकी ३८ वर्षीय रतिकला विक घाइते भएको वन्तको भनाइ छ । घाइते विकलाई उद्धार गरी बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको प्रहरीको भनाइ छ ।

बुर्तिबाङबाट ढोरपाटनतर्फ जाँदै गरेको ध१ज ५२८ नंको ट्याक्सी मङ्गलबार साँझ ढोरपाटन नगरपालिका–५ प्याङखोलास्थित घुम्तीमा दुर्घटना भएको हो ।

प्रतिक्रिया