शुक्रबार, जेठ ४, २०८१

१०२ वर्ष पुगे शताब्दी पुरुष सत्यमोहन जोशी

नेपालखोज २०७८ वैशाख ३० गते ७:००

काठमाडौं । शताब्दी पुरुष सत्यमोहन जोशी आज (बिहीबार) १०२औं वर्षमा प्रवेश गरेका छन् । नेपाली भाषा, साहित्य, संस्कृति, नेपालका पुराना राष्ट्रिय मुद्रालगायत विषयमा अध्ययन, अनुसन्धान गरेका जोशी नेपाली वांमय क्षेत्रका प्रतिष्ठित साधक हुन्।

तीन पटकसम्म मदन पुरस्कार पाएका जोशीका प्रबन्ध तथा अनुसन्धानात्मक कृति नेपालीमा १०, नाटक ५, काव्य २ र कथासंग्रह ५ तथा नेवारी भाषाका करिब ५० कृति प्रकाशित छन्।

जोशीको वि.सं. १९७७ वैशाख ३० गते ललिपुरको बखुम्बहालमा जन्म भएको हो । उनले त्रिचन्द्र कलेजबाट स्नातक तह अध्ययन गरेका छन् । जोशी २०१५ सालमा पुरातत्त्व र संस्कृति विभागका पहिलो निर्देशक बनेका थिए ।

प्रतिक्रिया