बिहीबार, वैशाख ६, २०८१

ज्ञानेन्द्र निर्मल निवासमा, कोमल र प्रेरणा नर्भिकमै

नेपालखोज २०७८ वैशाख ३० गते ८:०४

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह बुधबार कोरोनामुक्त भएपछि पूर्ण स्वस्थ भई नर्भिक इन्टरनेसल हस्पिटलबाट निर्मल निवास फर्किएका छन् । पूर्वरानी कोमल शाह तथा पूर्वअधिराजकुमारी प्रेरणा नर्भिक अस्पतालमै उपचाररत छन् ।

अस्पतालका अनुसार पूर्वरानी कोमलको अवस्था सुधारोन्मुख छ । यस्तै प्रेरणाको स्वाब रिपोर्ट नेगेटिभ आए पनि उनी आमालाई साथ दिन अस्पतालमै बसेकी छिन् ।

भारतको कुम्भ मेलामा प्रमुख अतिथि भई फर्किएलगत्तै शाह दम्पतीमा कोरोना संक्रमण देखिएकाले करिब तीन साताअघि उनीहरु नर्भिक अस्पतालमा भर्ना भएका थिए । अस्पतालमा पूर्वराजालाई अक्सिजनको सपोर्टमा राखिएको थियो । यता स्वास्थ्यमा आएको क्रमिक सुधारसँगै पूर्वरानी कोमललाई दिइरहेको अक्सिजनको मात्रा घटाउँदै उपचार जारी राखिएको नर्भिक अस्पताल स्रोतले जनाएको छ ।

प्रतिक्रिया