बिहीबार, वैशाख १३, २०८१

निषेधाज्ञा लागू गर्ने जिल्लाको सङ्ख्या ७३ पुग्याे, ६ जिल्लामा आंशिक

नेपालखोज २०७८ वैशाख ३० गते १४:००

काठमाडाैं । निषेधाज्ञा लागू गर्ने जिल्लाको सङ्ख्या ७३ पुगेको छ । कोरोना भाइरसको सङ्क्रमण नियन्त्रणका लागि ६७ जिल्लामा जिल्लाभर र ६ जिल्लामा आंशिक निषेधाज्ञा लागू भएको गृह मन्त्रालयले जनाएको छ ।

भोजपुरमा गएरातिदेखि निषेधाज्ञा शुरु भएको छ भने मुस्ताङमा आज राति १२ बजेदेखि निषेधाज्ञा शुरु हुँदैछ । गृह मन्त्रालयका अनुसार मनाङ, रुकुमपूर्व, तेह्रथुम र खोटाङले निषेधाज्ञा लागू गरेका छैनन् ।

नेपालमा यही बैशाख ७ गतेदेखि निषेधाज्ञाको आदेश लागू गरी नियन्त्रणको प्रयास भएको थियो । बैशाख १६ गतेदेखि भने आदेश लागू गर्ने क्रम तीव्र भएको थियो ।

यस्तै नेपालमा प्रति १० लाखमा ३ दशमलव ३ जनाको ज्यान गइरहेको छ भने भारतमा प्रति १० लाखमा दुई दशमलव पाँच जनाको ज्यान गइरहेको छ ।

प्रतिक्रिया