बिहीबार, चैत १५, २०८०

धितोपत्र बोर्डद्वारा घरबाटै काम गर्ने व्यवस्था मिलाउन कम्पनीहरुलाई निर्देशन

नेपालखोज २०७८ वैशाख ३० गते १४:५६

काठमाडौं । नेपाल धितोपत्र बोर्डले घरमा नै बसेर काम गर्ने व्यवस्था मिलाउन कम्पनीहरुलाई निर्देशन दिएको छ । बोर्डले आज बिहीबार अनुुमती प्राप्त धितोपत्र दलाल कम्पनी, मर्चेन्ट बैंकर र सम्वद्ध सबै निकायको नाउँमा सुचना जारी गर्दे उक्त निर्देशन दिएको हो ।

गतवर्ष देखि लगानीकर्ताहरु प्रत्यक्ष उपस्थित नभई अनलाईन मार्फत धितोपत्र कारोवार गर्न सक्ने बनाईएको हुंदा सिस्टम सञ्चाल गर्न बाहेक सबैलाई कार्यालयलमा भौतिक उपस्थित नभई कार्य गर्न बोर्डले निर्देशन दिएको छ ।

सिस्टम सर्पोट र सुचना प्रविधि कार्य वर्क फ्रम होम मार्फत सञ्चालन गर्ने, सिस्टम सञ्चालन गर्नको लागि कार्यालयमा तीन जना भन्दा बढी कर्मचारी नखटाउने, गुनासा तथा समस्या समाधानका लागि प्रयोग भईरहेको कार्यालयको फोनलाई कल डाइभर्ट गरी घरैबाट त्यस्तो सुविधा उपलब्ध गराउने व्यवस्था गर्ने

र थप मोवाईल नम्बहरु उपलब्ध गराउन, स साना लगानीकर्ताहरुलाई दैनिक घर खर्च वा औषधी उपचारको लागि शेयर बेचेको अवस्थामा लगानीकर्र्ताहरुको अनुरोधमा सम्वन्धीत ब्रोकरले सम्भव भएसम्म आवस्यकता अनुसारको रकम तत्काल उपलब्ध गराउन पनि बोर्डले निर्देशन दिएको छ ।

प्रतिक्रिया